चालु आर्थिक वर्षको ९ महिनामा ६ लाख ७ हजारभन्दा धेरै युवा कामको लागि विदेशमा

images
  • 410
    SHARES
  • बैशाख ९, २०८२ मंगलबार
    चालु आर्थिक वर्षको ९ महिनामा ६ लाख ७ हजारभन्दा धेरै युवा कामको लागि विदेशमा
    images

    काठमाण्डौ 

    चालु आर्थिक वर्षको ९ महिना काम खोज्दै ६ लाख ७ हजारभन्दा धेरै युवा विदेशिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार चैतमा मात्रै ७३ हजार ४ सय ३ युवाले श्रम स्वीकृति लिएका छन् ।

    फागुनसम्म सङ्ख्या ५ लाख ३४ हजार ४ सय ७१ ले श्रम स्वीकृति लिएका थिए । सबैभन्दा धेरै नेपालीको गन्तव्य यूएई रहेको छ । ९ महिनामा यूएई जाने नेपालीको सङ्ख्या १ लाख ९६ हजार ९ सय २१ जना रहेको छ ।

    दोस्रो स्थानमा साउदी अरब र तेस्रो स्थानमा कतार, त्यसपछि मलेसिया र कुवेत नेपालीको लोकप्रिय गन्तव्यमा परेका छन् ।

    साइप्रस, बहराइन, जापान, कोरिया, रोमानिया, ओमानसहित देशमा धेरै नेपाली कामको खोजीमा पुगेका छन् । चैत महिनामा विदेशिएका ७३ हजार ४ सय ३ मध्ये २१ हजार ६ सय ९५ युवा अदक्ष छन् । अर्धदक्ष युवा ४२ हजार ४ सय ५४ र दक्ष कामदार सङ्ख्या ८ हजार ८ सय ९९ रहेको विभागको तथ्याङ्कमा उल्लेख छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend