पत्रकार आश गुरुङलाई पत्रकार महासंघ यूकेको स्वागत–सम्मान

images
  • 252
    SHARES
  • बैशाख ९, २०८२ मंगलबार
    पत्रकार आश गुरुङलाई पत्रकार महासंघ यूकेको स्वागत–सम्मान
    images

    बेलायत भ्रमणमा रहेका नेपालका पत्रकार आश गुरुङलाई नेपाल पत्रकार महासंघ यूकेले स्वागत–सम्मान गरेको छ । बेलायतको अल्डरशटमा आइतबार आयोजित कार्य समिति बैठकपछि नेपाल पत्रकार महासंघ लमजुङ शाखाका पूर्वअध्यक्ष तथा वर्तमान सल्लाहकार गुरुङलाई स्वागत–सम्मान गरिएको हो ।

    हाल कान्तिपुर दैनिकमा आवद्ध पत्रकार गुरुङ २२ वर्षदेखि निरन्तर पत्रकारितामा छन् । रिपोर्टिङकै शिलशिलामा उनले यसअघि हङकङ, चीन, युएई, बंगलादेश, भारतलगायत विभिन्न देश पुगिसेका छन् ।नेपाल पत्रकार महासंघ यूकेका अध्यक्ष विमला सेने, सल्लाहकार नवीन पोखरेल, वरिष्ठ उपाध्यक्ष नरेन्द्र बस्नेत, महासचिव खेमराज रानाभाट, सविच विश्वदीप तिगेला, सदस्य गोमा रानालगायतले पत्रकार गुरुङलाई स्वागत सम्मान गरेको हो । 


    पत्रकार गुरुङले पत्रकारिता जिम्मेवारपूर्ण र संवेदनशील पेशा भएको बताए । उनले सात समुद्रपारीबाट हरेक चुनौतिका बावजुत पत्रकारितालाई निरन्तरता दिँदै आएको र पत्रकारको छाता संगठन बन्न सफल भएकोमा बेलायतका पत्रकार तथा नेपाल पत्रकार महासंघ यूकेप्रति खुसी व्यक्त गरे । उनले नेपाल र नेपालीका लागि मात्रै नभइकन संसारभर छरिएर रहेका नेपाली र नेपाली भाषीलाई सुसूचित गराउन बेलायतमा रहेर पत्रकारिता गरिरहेका पत्रकारहरुको प्रशंसा समेत गरे ।
    उनले नेपाल पत्रकार महासंघ यूकेले गरेको स्वागत–सम्मानले नेपाली पत्रकारबीचको एकता, समन्वय र सहकार्य थप उजागर हुँदै गएको भन्दै पत्रकार महासंघ यूकेप्रति धन्यावाद आभार व्यक्त गरे ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend