भेरी अस्पतालमा आजदेखि मिर्गौला प्रत्यारोपण सेवा शुरू

images
  • 316
    SHARES
  • बैशाख ९, २०८२ मंगलबार
    भेरी अस्पतालमा आजदेखि मिर्गौला प्रत्यारोपण सेवा शुरू
    images

    बाँके 

    बाँकेकाे नेपालगञ्जमा रहेको भेरी अस्पतालमा आजदेखि मिर्गौला प्रत्यारोपण सेवा शुरू भएको छ । अस्पतालका प्रमुख तथा मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदीले अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण थालिएको जानकारी दिनुभयो ।

    आज दुई जना बिरामीको मिर्गौला प्रत्यारोपण गरिएको छ । मिर्गौला प्रत्यारोपणका लागि शहीद धर्मभक्त माथेमा मानव अङ्ग प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठसहित १४ जनाको टोली नेपालगञ्ज पुगेको हो ।

    अस्पतालले सेवा शुरू  गरेसँगै अब मिर्गौला प्रत्यारोपण गर्न बिरामी अन्त जानुपर्ने बाध्यता नहुने डा. सुवेदीले बताउनुभयो । भेरी अस्पतालमा अहिले दैनिक २० देखि २५ जना मिर्गौलाका बिरामीले डायलासिस गर्दै आएका छन् ।

    भेरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाहले मिर्गौला प्रत्यारोपण अस्पतालको महत्त्वपूर्ण उपलब्धि रहेको र बिरामीका लागि उपचारको आश जगाउने काम भएको बताउनुभयो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend