बुधबार सुनको मूल्य तोलामा साढे ७ हजार रुपैयाँ घट्यो

images
  • 102
    SHARES
  • बैशाख १०, २०८२ बुधबार
    बुधबार सुनको मूल्य तोलामा साढे ७ हजार रुपैयाँ घट्यो
    images

    काठमाडौँ 

    नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा साढे ७ हजार रुपैयाँ घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बुधबार घटेर तोलामा १ लाख ९० हजार ४०० रुपैयाँ कायम भएको हो ।

    जसअनुसार बुधबार १० ग्रामको सुनको मूल्य तोलामा १ लाख ६३ हजार २३५ रुपैयाँ कायम भएको छ ।यसैबीच चाँदीको मूल्य पनि घटेको छ । मंगलबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको चाँदीको मूल्य ५ रुपैयाँ घटेर १ हजार ९६५ रुपैयाँ कायम भएको हो । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend