बैतडी, वैशाख ११-
भूमि समस्या समाधान गर्न बैतडीका दुई स्थानीय तहमा स्थानीय सहजीकरण समिति गठन भएका छन् । भूमि समस्या समाधान आयोग जिल्ला समितिले यहाँका स्थानीय तहमा सहजीकरण समिति गठन गरेको हो ।
यसैबीच, दोगडाकेदार गाउँपालिकाबाहेक बैतडीका नौ स्थानीय तहमा भूमि शाखा गठन गरिएको छ । स्थानीय तहमा कार्यरत शाखा अधिकृतलाई उक्त शाखाको जिम्मेवारी दिएर काम अघि बढिरहेको भूमि समस्या समाधान आयोग जिल्ला समितिले जनाएको छ । जिल्ला समितिले भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्नेछ । रासस



