सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिएको भन्दै माइतीघरमा चिकित्सकहरूको प्रदर्शन

images
  • 110
    SHARES
  • बैशाख १२, २०८२ शुक्रबार
    सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिएको भन्दै माइतीघरमा चिकित्सकहरूको प्रदर्शन
    images

    काठमाण्डाै

    सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिएको भन्दै चिकित्सकहरूले काठमाण्डाैकाे माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

    न्यूनतम पारिश्रमिक नदिएर श्रम शोषण गरेको उनीहरूको आरोप छ । आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय घेराउ गर्न जान लागेका उनीहरूलाई माइतीघरमै प्रहरीले रोकोको छ । त्यसपछि स्वास्थ्यमन्त्री प्रदीप पौडेलले आन्दोलनरत चिकित्सकहरूलाई वार्तामा बोलाएर छलफल गर्नुभएको छ ।

    यसैबीच मन्त्री पौडेलले आवासीय चिकित्सकलाई सरकारी आठौं तहको तलब सुविधा दिने चिकित्सा शिक्षा आयोगको निर्णय तत्काल कार्यान्वयन गर्न निजी मेडिकल कलेजहरूलाई निर्देशन दिनुभएको छ । उहाँले आयोगले दिएको निर्देशन कार्यान्वयन नगरेसम्म निजी मेडिकल कलेजहरूलाई सरकारले दिने कुनै पनि सुविधा उपलब्ध नगराउने घोषणा गर्नुभएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend