चट्याङ लागेर २ जनाको मृत्यु

images
  • 184
    SHARES
  • बैशाख १५, २०८२ सोमबार
    चट्याङ लागेर २ जनाको मृत्यु
    images

    पोखरा ।

    कास्कीमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। 

    आइतबार दिउँसो अन्नपूर्ण गाउँपालिका- ११ मा चट्याङ लागेर दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। 

    मृत्यु हुनेमा संखुवासभाको सिलिचोङ गाउँपालिका- ४ का भरतकुमार राई र महेश राई रहेका कास्कीका प्रहरी प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए। 

    अन्नपूर्ण-११ स्थित त्रिवेणी ताल पदमार्गमा निर्माणको काम गरिरहेका वेला आइतबार दिउँसो हावाहुरी र पानीसँगैको परेको चट्याङले उनीहरूको घटनास्थलमै मृत्यु भएको हो।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend