कश्मीर हमलापछि नेपाल-भारत सीमा क्षेत्रमा कडा निगरानी

images
  • 184
    SHARES
  • बैशाख १५, २०८२ सोमबार
    कश्मीर हमलापछि नेपाल-भारत सीमा क्षेत्रमा कडा निगरानी
    images

    सुनसरी । 

    भारतको जम्मु कश्मीर राज्यको पहलगाममा भएको आतङ्ककारी हमलापछि यहाँको नेपाल–भारत सीमा क्षेत्रमा निगरानी बढाइएको छ।

    खुला सीमाका कारण कुनै किसिमका अवाञ्छित गतिविधि हुन नदिन निगरानी बढाइएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए।

    जिल्लाको बर्जु, हरिनगर र कोसी गाउँपालिकामा पर्ने नेपाल–भारत सीमा क्षेत्रको निरीक्षण गर्नुका साथै सुरक्षा सतर्कता बढाइएको उनले बताए।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend