चट्याङ लागेर एक जनाको ज्यान गयो

images
  • 224
    SHARES
  • बैशाख १५, २०८२ सोमबार
    चट्याङ लागेर एक जनाको ज्यान गयो
    images

    गोरखा –

    गोरखामा चट्याङ लागेर सहिद लखन गाउँपालिका–१ बक्राङका ४२ वर्षका राजु खनालको ज्यान गएको छ । हिजो बेलुका घरमा बसिरहेका बेला परेको चट्याङ लागेर खनाल गम्भीर घाइते हुनुभएको थियो ।

    घाइते खनाललाई प्रदेश अस्पताल गोरखामा उपचारका लागि ल्याएको भए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक धुब्रप्रसाद शर्माले जानकारी दिनुभयो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend