आन्दोलनमा पुगेर झलनाथ खनालले भने-शिक्षकको माग सरकारले पूरा गर्नुपर्छ

images
  • 257
    SHARES
  • बैशाख १५, २०८२ सोमबार
    आन्दोलनमा पुगेर झलनाथ खनालले भने-शिक्षकको माग सरकारले पूरा गर्नुपर्छ
    images

    वैशाख १५-

    शिक्षकहरुको माग सरकारले पूरा गर्नुपर्ने नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बताएका छन् । सरकारले शिक्षकहरुको माग सम्बोधन नगरे ठूलो जनआन्दोलन सिर्जना हुने खनालले चेतावनी समेत दिएका छन् ।

    उनले भने, ‘शिक्षकहरुको आन्दोलनको मागलाई नसुनी जसरी तानाशाही दमनचक्रमा उत्रिन खोजिरहेको छ सरकार, यसको हामी भर्त्सना गर्छौं, विरोध गर्छौं, शिक्षकहरु भनेको यो देशका बालबालिकालाई शिक्षित गर्ने गुरुहरु हुन्, गुरुआमाहरु हुन्। उहाँहरुको मागलाई पहिलो प्राथमिकताको साथ यो सरकारले पूरा गर्नुपर्छ । अन्यथा योभन्दा ठूलो जनआन्दोलनको प्रतिक्षामा बस्छ सरकार ।’

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend