खाल्डोमा जमेको पानीमा डुबेर २ जना बालिकाको ज्यान गयाे

images
  • 116
    SHARES
  • बैशाख १६, २०८२ मंगलबार
    खाल्डोमा जमेको पानीमा डुबेर २ जना बालिकाको ज्यान गयाे
    images

    काठमाण्डाै –

    पर्सामा इँटाभट्टाको खाल्डोमा जमेको पानीमा डुबेर दुई जना बालिकाको ज्यान गएको छ ।

    जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालले पर्सागढी नगरपालिका वडा नम्बर ५ का रुस्तम मियाँकी ५ वर्षीया छोरी नेहा र मुख्तार मियाँकी ४ वर्षीया छोरी अफसानाको पानी जमेको खाल्डोमा डुबेर ज्यान गएको जानकारी दिनुभयो ।

    उहाँका अनुसार दुवै जना बालिका बिहान बाख्रा चराउन गएका थिए । खेल्ने क्रममा वीरगञ्ज महानगरपालिका–२ का सन्तोष साहले सञ्चालन गरेको इँटा भट्टाको खाल्डोमा उनीहरू डुबेका थिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend