काठमाडौ ।
विद्यालय शिक्षा ऐन माग गर्दै सडकमा रहेका शिक्षकहरुसँग सरकारले गएराति दुई चरणमा वार्ता गरेको छ । वार्ताबाट ठोस निस्कर्ष भने निस्कन सकेन ।
नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले शिक्षा मन्त्रालयमा गएराति विभिन्न विषयमा लामो छलफल चलेको बताए । तर, कुनै निष्कर्षमा पुग्न नसकिएको भन्दै माग पूरा नहुँदासम्म आन्दोलन जारी रहने बताए ।
यद्यपि सरकारले बुधबारसम्ममा उनीहरुको माग पूरा गर्ने बताएको छ । सोमबार राति सम्पन्न मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले छलफल सकारात्मक ढंगले अघि बढेको र बुधबारसम्मा माग पूरा गर्न प्रयास गरिने बताए ।



