भारतको उत्तराखण्डमा रहेको केदारनाथ धामको ढोका आज बिहानदेखि खुल्यो

images
  • 222
    SHARES
  • बैशाख १९, २०८२ शुक्रबार
    भारतको उत्तराखण्डमा रहेको केदारनाथ धामको ढोका आज बिहानदेखि खुल्यो
    images

    भारतको उत्तराखण्डमा रहेको केदारनाथ धामको ढोका आज बिहानदेखि खुलेको छ । यसका लागि भक्तजनको यात्राका क्रममा आवश्यक सबै सुरक्षाका उपायहरू अपनाइएको अधिकारीहरूले बताएका छन् ।

    भक्तजनको सुरक्षा आफूहरूको प्राथमिकता भएको भारतीय प्रहरीले बताएका छन् । ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन भएका छन् । केदारनाथ धामको ढोकाका रुपमा १३ क्विन्टल फूलले भगवान केदारनाथ मन्दिरलाई सजाइएको भारतीय सञ्चार माध्यमले बताएका छन् ।

    बाबा केदारनाथको मूर्ति हिजो केदारनाथ धाममा आइपुगेपछि आज बिहान ७ बजेदेखि भक्तजनका लागि मन्दिरको ढोका खुल्ला गरिएको हो ।

    यसैबीच, सन् २०२५ को श्री केदारनाथ धाम यात्राका लागि उत्तराखण्डको सोनप्रयागबाट हेलिकप्टर सेवा शुरू भएको छ । दैनिक २० देखि ३० उडान सञ्चालन गर्ने भन्दै यसबाट १५० भन्दा बढी तीर्थयात्रीलाई सेवा दिने तयारी छ ।

    दैनिक १५० को हाराहारीमा हेलिकप्टरमार्फत् केदारधाम यात्राका लागि अनलाइन बुकिङ हुने गरेको र एक महिनाका लागि अग्रिम बुकिङ खुला रहेको खबरमा उल्लेख छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend