भारतीय आयल कर्पोरेसन आईओसीले पठायो इन्धनको नयाँ मूल्य सूची, पेट्रोलमा ६ रुपैयाँ बढी

images
  • 93
    SHARES
  • आषाढ २, २०७९ बिहीबार
    भारतीय आयल कर्पोरेसन आईओसीले पठायो इन्धनको नयाँ मूल्य सूची, पेट्रोलमा ६ रुपैयाँ बढी
    images

    काठमाडौं 

    भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ ।आईओसीले बिहीबार पठाएको मूल्य सूचीअनुसार पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य बढेको छ ।

    petrol-oil-pump-tel.jpg

     

    निगमका प्रवक्ता बिनितमणी उपाध्यायका अनुसार पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा, डिजेलमा प्रतिलिटर १९ रुपैयाँ ३० पैसा र हवाई इन्धनमा प्रतिलिटर १९ रुपैयाँ ९१ पैसा बढेर आएको छ ।

    ‘नयाँ मूल्य सूची अनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर ३१ रुपैयाँ २८ पैसा, डिजेलमा ३७ रुपैयाँ १६ पैसा, हवाई इन्धन आन्तरिकमा २ रुपैयाँ ७० पैसा घाटा छ,’ उनले भने ।

    जून १ को मूल्यअनुसार ग्यासमा प्रतिसिलिन्डर ७ सय ५१ रुपैयाँ १४ पैसा घाटा रहेको निगमको भनाइ छ । हवाई इन्धन अन्तर्राष्ट्रिय र मट्टितेलमा केही नाफा भए पनि समग्रमा १५ दिनको घाटा ४ अर्ब ८१ करोड पुगेको उपाध्यायले बताए।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend