विद्युत् प्राधिकरण ५ अर्ब २६ करोड घाटामा

images
  • 208
    SHARES
  • बैशाख १९, २०८२ शुक्रबार
    विद्युत् प्राधिकरण ५ अर्ब २६ करोड घाटामा
    images
     

    नेपाल विद्युत् प्राधिकरण ५ अर्ब २६ करोड नोक्सानीमा रहेको तथ्य सार्वजनिक भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले श्वेतपत्र सार्वजनिक गर्दै प्राधिकरण घाटामा रहेकोबारे जानकारी दिएका हुन् । 

    यसअघि तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङले भने प्राधिकरण ८ अर्ब बढी नाफामा रहेको दाबी गर्दै आएका थिए । अहिले श्वेतपत्रअनुसार प्राधिकरणले गत आर्थिक वर्ष २०८०/०८१ सम्म कुल सञ्चित नाफा ४६ अर्ब ४७ करोड रुपैयाँ रहेको कार्यकारी निर्देशक शाक्यले जानकारी दिए ।

    नाफा भने पनि आयकर ऐनको प्रावधानअनुसार थप ह्रास कट्टीको दाबीसहितको नाफा नोक्सान गणना गर्दा हालसम्म पाँच अर्ब २६ करोड रुपैयाँ घाटामा रहेको शाक्यले बताएका छन् । 

    १० अर्ब ऋण लिँदै

    श्वेतपत्र जारी गर्दै प्रबन्ध निर्देशक शाक्यले प्राधिकरणको खातामा मौज्दात शून्य रहेकाले १० अर्ब रुपैयाँ बराबर अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढाइएको बताए । ‘अहिले हामीले ६ खर्बको सम्पत्ति देखाउँदै गर्दा र नाफा पनि देखाउँदै गर्दा प्राधिकरणसँग नगद मौज्दात एक रुपैयाँ पनि रहेनछ,’ शाक्यले भने, ‘त्यही भएर हामीले १० अर्ब रुपैयाँ बराबर अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढाएका छौँ ।’

    उनका अनुसार १० अर्ब अल्पकालीन ऋण लिनका लागि सरकारलाई पत्र पठाइसकिएको छ । यसबीच प्राधिकरणले कुनै वर्ष पनि आयकर तिरेको छैन । कम्पनीहरूले नाफाको २५ प्रतिशतका दरले आयकर तिर्नुपर्ने व्यवस्था छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend