नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले १ अर्ब २ करोड रुपैयाँ बराबरको सेतो हेरोइनसहित सातजना महिलालाई पक्राउ

images
  • 133
    SHARES
  • आषाढ २, २०७९ बिहीबार
    नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले १ अर्ब २ करोड रुपैयाँ बराबरको सेतो हेरोइनसहित सातजना महिलालाई पक्राउ
    images

    काठमाडौं 

    नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले १ अर्ब २ करोड रुपैयाँ बराबरको सेतो हेरोइनसहित सातजना महिलालाई पक्राउ गरेको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै गत जेठ २६ देखि ३१ गते एक साताको अवधिमा ५१ किलो सेतो हेरोइनसहित ७ जना अफ्रिकन नागरिक पक्राउ गरेको हो ।

    pakaru.jpg

    पत्रकार सम्मेलनमा लागूऔषध नियन्त्रण ब्यूरो कार्यालय प्रमुख जीवन कुमार श्रेष्ठले नेपाललाई ट्रान्जिट बनाएर भारतलगायतका देशमा कारोबार गर्ने उदेश्यले नेपालको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी लागूऔषध कारोबार गर्नेहरुलाई पक्राउ गरेको बताए ।

    उनले विगतमा पनि लागू औषध कारोबारीहरु पक्राउ गरिएको आधारमा निगरानी राख्दै जाँदा ५१ केजी हेरोइन फेला परेको बताए । उनले बरामत गरिएको ५१ केजी हेरोइन अहिलको बजार मूल्य अनुसार एक अर्ब दुई करोड रुपैयाँ बराबार हुन आउने स्पष्ट पारे । प्रमुख श्रेष्ठले पक्राउ परेका सातै जना दक्षिण अफ्रिकाका महिला नागरिक रहेको बताए ।

    उनका अनुसार उनीहरू विभिन्न मितिमा फ्लाई दुबईको विमानबाट नेपाल आएको खुलेको छ । प्रमुख श्रेष्ठले प्रहरीले सो गिरोह नियन्त्रणमा लिन त्रिभूवन विमानस्थल र ठमेल क्षेत्रमा सक्रियता बढाएर सात दिन भित्रमा नियन्त्रणमा लिएको बताए ।

    उनले भने, ‘हामीले विगत लामो समयदेखि विशिष्टिकृत भएर काम–कारबाही गरेको अवस्था छ । नेपाललाई ट्रान्जिट बनाएर अन्य देशमाकारोबार गर्ने उदेश्यले नेपालको त्रिभूवन विमानस्थल प्रयोग गरी लागूऔषध कारोबार गरिरहेको विगतमा पनि पक्राउ गरिएको आधारमा निगरानी राख्दै जाने क्रममा जेठ ३० गतेदेखि आजसम्म गरेर ७ जना पक्राउ गरेर ५१ केजी हेरोइन बरामत गरेका छौं । यो कारबाहीको क्रममा अहिलेसम्मकै ठूलो परिणामको लागूऔषध र संसारकै महँगो लागूऔषधमा गनिन्छ ।’

    उनले थपे, ‘५१ केजीसहित ७ जना महिला पक्राउ परेका छन् । ५१ केजी हेरोइनको १ अर्ब २ करोड नेपाली रुपैयाँ बराबरको हुन आउँछ । गत जेठ २९ गतेल शुरुमा दक्षिण अफ्रिका, दुबई हुँदै नेपाल आइपुगेका दुईजना अफ्रिकन नागरिक मुरिल नसाम्बा र थान डेकीले सिबिसीलाई ३० गते ठमेलको एक होटलबाट पक्राउ गरेका थियौं । दुईजनासँग ८/८ केजी हेरोइन भेटियो । त्यस्तै ३० गते नै ठमेलको एक होटलबाट खोजतलासी गर्दा अर्का एकजना थभोनी थाबालालालाई पक्राउ गरेका थियौँ । सम्भवत् अहिलेसम्मकै ठूलो अप्रेशन चलाएको हो । गत जेठ २९ मा ब्यूरोले १६ केजी लागु औषधसहित २ जना दक्षिण अफ्रिकाका नागरिकलाई पक्राउ गरेको थियो ।’

    आइतबार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएका मुरिल नसाम्बा र थान डेकीलेको बयानका आधारमा थप ८ किलो कोकिनसँगै दक्षिण अफ्रिकन महिला थभोनी थाबालाला पक्राउ गरिएको प्रमुख श्रेष्ठले बताए । पक्राउ परेकाहरुमध्ये दुईजना नेपाल आउजाउ गरिरहने गरेको र ५ जना पहिलो पटक नेपाल आएको अनुसन्धानबाट पत्ता लागेको बताए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend