आज सुनको भाउ ६ सय रुपैयाँले बढ्यो

images
  • 233
    SHARES
  • बैशाख २१, २०८२ आइतबार
    आज सुनको भाउ ६ सय रुपैयाँले बढ्यो
    images

    काठमाण्डौ 

    आज सुनको भाउ बढेको छ । सुन तोलामा छ सय रुपैयाँले बढेर आज तोलाको एक लाख ८४ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    अस्ति शुक्रवार सुन तोलाको एक लाख ८३ हजार पाँच सय रुपैयाँ रहेको थियो । केही दिनयता सुनको भाउमा उचारचढाव हुँदै आएको छ ।

    यस्तै चाँदीको भाउ भने आज घटेको छ । आज तोलामा २० रुपैयाँले घटेर चाँदी तोलाको एक हजार नौ सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend