हेटौंडा, वैशाख २२
बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालले आगामी वर्षका लागि मन्त्रालयले आफ्ना योजनाहरु ल्याउँदा आम जनतालाई उत्पादनसंग जोड्ने विशेष योजनाहरु ल्याउने तयारी गरिरहेको बताउनु भएको छ ।
यस्तै कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.गंगादत्त नेपालले धेरै योजनाहरु छरपष्ट किसिमले बजेट पुस्तिका ठुलो बनाउन मात्र योजनाहरु ल्याउन नहुने बताउनुभयो । उहाँले प्रदेश सरकारले गर्न सक्ने योजनाहरु मात्रै ल्याउनु पर्नेमा जोड दिनुभयो । यस्तै गोेष्ठी कार्यक्रममा मन्त्रालयका सचिव डा.केदार बरालले आगामी वर्षका लागी मन्त्रालयले ९ वटा प्रमुख प्राथमिकताका क्षेत्रहरु छुट्टाएर योजना छनौटको कार्य गर्ने तयारी गरेको जानकारी गराउनुभयो ।
उहाँले प्रमुख प्राथमिकताका क्षेत्रहरूमा वन संरक्षण, वनक्षेत्रको उत्पादकत्व तथा वन पैदावारको उत्पादन अभिवृद्धि,वन पैदावारमा आधारित उद्यम विकास तथा वन पैदावारको सहज विकी वितरण,जडिबुटी प्रजातीहरुको संरक्षण, खेति विस्तार, सङ्कलन, प्रशोधन तथा बजार प्रवद्र्धन कार्यक्रहरु रहेको बताउनुभयो ।
यस्तै एकीकृत जलाधार व्यवस्थापन, जैविक विविधता संरक्षण, मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन, विकास र वातावरण बीच सन्तुलन तथा जलवायु परिवर्तन न्यूनीकरण र अनुकुलन, अध्ययन अनुसन्धान प्रविधि विकास तथा मानव संशाधन विकास र पूर्वाधार विकासको क्षेत्र रहेको बताउनुभयो । कार्यक्रममा मन्त्रालय मातहतका विभिन्न कार्यालयहरूका प्रमुख तथा कर्मचारीहरूको उपस्थिती रहेको थियो ।



