मासिक शुल्कको नाममा विद्यार्थीसँग अवैध रकम असुल्दै फिस्लिङको आधारभुत विद्यालय

images
  • 253
    SHARES
  • बैशाख २३, २०८२ मंगलबार
    मासिक शुल्कको नाममा विद्यार्थीसँग अवैध रकम असुल्दै फिस्लिङको आधारभुत विद्यालय
    images

    फिस्लिङ 

    चितवनको इच्छाकामना गाउँपालिका ३ स्थित  राष्ट्रिय आधारभूत विद्यालय (कक्षा १–८ ) फिस्लिङले विद्यार्थीहरुबाट शुल्क लिने गरेको पाइएको छ । भर्नासगैँ विद्यार्थीहरुबाट विद्यालयलाई सहयोग शिर्षकमा रु. ५५० लिएका हुन् ।

    यसैबिच मासिक रुपमा पनि शुल्क लिने गरेका छन् । नर्सरीको रु. १५० र कक्षा १ देखि ५ सम्म रु. ३०० मासिक शुल्क लिने गरिएको अभिभावकहरुबाट  गुनासो  आएका  छन् ।  संविधानमा माध्यमिक विद्यालय तह सम्म निशुल्क शिक्षा भनिएको छ । तर सामुदायिक विद्यालयहरुले   विभिन्न बहानामा शुल्क लिने गरेका छन् ।  

    1746501743-aLYn8.jpg

    इच्छाकामना गाउँपालिकाले पनि कुनै पनि बहानामा विद्यार्थीबाट सहयोग शुल्क लिन नपाइने जनाएको छ । गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले गाउँपालिका भरका सामुदायिक  विद्यालयहरुलाई भर्ना, मासिक शुल्क लगायत अन्य सहयोगका शिर्षकहरुमा शुल्क नलिन निर्देशन दिएको बताउँनुभयो । जुन सुकै शिर्षकमा लिएको शुल्क फिर्ता गर्न लगाउने उहाँको भनाई छ ।

    1746501741-NssWi.jpg

    प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त बस्नेतले पनि विद्यार्थीबाट शुल्क लिने कार्य नियम संगत नभएको बताउँनुभयो । उहाँले भर्ना, सहयोग वा कुनै पनि शिर्षकमा शुल्क लिन नपाइने बताउँनुभयो । यसैबिच गाउँपालिकाले सूचना जारी गरेर विद्यार्थीबाट भर्ना, मासिक शुल्क तथा कुनै पनि शिर्षकमा सहयोग रकम नलिन भनेको छ ।

     

    विद्यालयका प्रधानाध्यापक जित बहादुर गुरुङले विद्यालयमा अंग्रेजी  माध्यममा कक्षा सञ्चालन गर्न तथा निजी श्रोतका शिक्षक र विद्यालय बसका चालकलाई  पारिश्रमिक उपलब्ध गराउन शुल्क लिने गरिएको बताउँनुभयो । विद्यालयको अन्य आन्तरिक आम्दानीको श्रोत नभएकाले आवश्यक शिक्षक जनशक्तिका लागि विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार शुल्क लिने गरेको उहाँको भनाई छ ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend