आज एकैदिन ५३ सयले बढ्यो सुनको मूल्य

images
  • 99
    SHARES
  • बैशाख २३, २०८२ मंगलबार
    आज एकैदिन ५३ सयले बढ्यो सुनको मूल्य
    images

    काठमाडौं,बैशाख २३

    नेपाली बजारमा मंगलबार सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज थप ५ हजार ३ सय रुपैयाँले महँगिएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ८९ हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुनको मूल्य १ लाख ८४ हजार ६ सय रुपैयाँ थियो त्यस्तै, चाँदीको मूल्य पनि आज वृद्धि भएको छ । अघिल्लो दिन प्रतितोला १ हजार ९ सय १० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ५५ रुपैयाँले बढेर १ हजार ९ सय ६५ रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend