उदयपुरको कटारी नगरपालिकामा चट्याङ लागेर बालकको ज्यान गयो

images
  • 190
    SHARES
  • बैशाख २३, २०८२ मंगलबार
    उदयपुरको कटारी नगरपालिकामा चट्याङ लागेर बालकको ज्यान गयो
    images

    काठमाण्डौ 

    उदयपुरको कटारी नगरपालिकामा चट्याङ लागेर बालकको ज्यान गएको छ । कटारी–८ फूलबारीका १३ वर्षीय चित्रबहादुर वलम्पाकी मगरको ज्यान गएको वडाध्यक्ष नवीन तामाङले जानकारी दिनुभयो ।

    हिजो दिउँसो बाख्रा चराउन गएका मगर साँझसम्म घर नफर्किएको र बेलुकी खोजी गर्न जाँदा ढलिरहेको अवस्थामा फेला परेकाे प्रहरीले जनाएकाे छ ।

    इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक कमल बजगाईँले घटनाको थप अनुसन्धान हुने जानकारी दिनुभएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend