बजेटको विषयमा प्रचण्डसँग अर्थमन्त्रीको छलफल

images
  • 149
    SHARES
  • बैशाख २३, २०८२ मंगलबार
    बजेटको विषयमा प्रचण्डसँग अर्थमन्त्रीको छलफल
    images

    काठमाण्डौ 

    उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग बजेटको विषयमा छलफल गर्नुभएको छ ।

    बिहान ‘प्रचण्ड’ निवास खुमलटार पुगेर अर्थमन्त्री पौडेलले छलफल गर्नुभएको हो । बजेट निर्माणको तयारीमा जुटेका अर्थमन्त्री पौडेलले राजनीतिक दलका शीर्ष नेताहरूसँग परामर्श लिइरहनुभएको छ ।

    यसअघि उहाँले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि छलफल गर्नुभएको थियो । गएको शुक्रवार नीति तथा कार्यक्रम ल्याएको सरकारले बजेटको तयारी तीव्र बनाएको छ ।

    नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा हिजोदेखि छलफल शुरू भएको छ । प्रतिनिधिसभामा आज पनि नीति तथा कार्यक्रममाथि छलफल हुँदैछ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend