धितोपत्र बोर्डको कार्यालयमा अख्तियारको छापा

images
  • 119
    SHARES
  • बैशाख २५, २०८२ बिहीबार
    धितोपत्र बोर्डको कार्यालयमा अख्तियारको छापा
    images

    काठमाण्डौ 

    नेपाल धितोपत्र बोर्डको कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेर आईपीओ निष्कासनसम्बन्धी फाइलहरू नियन्त्रणमा लिएको छ ।

    Board_ff_w8jANksAQX.jpg

    हिजो दिउँसो अख्तियारको टोली धितोपत्र बोर्डको कार्यालय खुमलटार पुगेर आईपीओ निष्कासन पाइपलाइनमा रहेका ८९ कम्पनीका कागजपत्र नियन्त्रणमा लिएको हो ।

    बोर्डका अध्यक्षलाई बिचौलियामार्फत साधारण शेयर (आईपीओ) निष्कासनको स्वीकृतिका लागि कमिसन मागेको आरोप लागेपछि अख्तियारले छापा मारेको हो । यसैबीच धितोपत्र बोर्डले अध्यक्षको नाम लिई कुनै पनि प्रकारको आर्थिक वा अन्य गैरकानूनी फाइदा लिने कार्य गरेको जानकारी भएमा तथ्यगत विवरण उपलब्ध गराउन चुनौती दिएको छ ।

    बोर्डले निकालेको विज्ञप्तिमा यदि कसैले बोर्ड अध्यक्षको नाम लिई कुनै पनि प्रकारको आर्थिक वा अन्य गैरकानूनी फाइदा लिने कार्य गरेको जानकारी भएमा तथ्यगत विवरण उपलब्ध गराएमा सम्बन्धित उपर आवश्यक कानूनी कारबाहीका लागि प्रक्रिया अगाडि बढाइने उल्लेख छ । अध्यक्षले कमिसन मागेका समाचार प्रायोजित रहेको बोर्डको दाबी छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend