काठमाण्डौकाे कोटेश्वर तीनकुनेमा तीन वटा गाडी ठोक्किएर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

images
  • 268
    SHARES
  • बैशाख २५, २०८२ बिहीबार
    काठमाण्डौकाे कोटेश्वर तीनकुनेमा तीन वटा गाडी ठोक्किएर दुर्घटना हुँदा एक जनाको ज्यान गयो
    images

    काठमाण्डौ 

    काठमाण्डौकाे कोटेश्वर तीनकुने चोकमा तीन वटा गाडी ठोक्किएर भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् ।

    आज बिहान बा ३ ख ७०६२ नम्बरको बसले बा प्र०१–०२६ च २९२७ को भ्यानलाई ठक्कर दिएको र  भ्यानले बा प्र ०२–०५३ प ३८४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको काठमाण्डौ प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिनुभयो ।

    दुर्घटनामा मोटरसाइकल पछाडि बस्ने नुवाकोट घर भई ललितपुरको धोबीघाट बस्ने २३ वर्षीया नगिना तामाङको ज्यान गएको हो । मोटरसाइकल चालक रामेछाप दोलम्बा– ३का २७ वर्षीय पदम थापा मगरको उपचार भइरहेको छ ।

    भ्यान चालक काभ्रे मण्डनदेवपुर–१ का ३५ वर्षीय रत्नबहादुर सार्की र बसमा रहेका दोलखा गौरीशंकरकी २४ की मेनुका बुढाथोकी घाइते हुनुभएको छ । उहाँहरुको ट्रमा सेन्टर र कान्तिपुर अस्पतालमा उपचार भइरहेको छ । बस चालक इलाम सूर्योदय नगरपालिकाका रामबहादुर खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend