सुनको भाउ घट्यो

images
  • 129
    SHARES
  • बैशाख २६, २०८२ शुक्रबार
    सुनको भाउ घट्यो
    images

    काठमाण्डौ –

    सुनको भाउ आज एकैदिन तोलामा एक हजार चार सय रुपैयाँले घटेको छ । सुनको भाउ आज तोलामा एक हजार चार सय रुपैयाँले घटेर एक लाख ९० हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    हिजो सुनको भाउ तोलाकाे एक लाख ९२ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । कारोबार भएको हप्ताको पहिलो दिन वैशाख २१ गते आइतवार सुनको भाउ तोलाकाे एक लाख ८४ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । कारोबार भएकाे पहिलो र अन्तिम दिनको तुलना गर्दा सुनकाे भाउ तोलामा ६ हजार सात सय रुपैयाँले बढी हो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend