देवघाट,
तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ स्थित बराह आधारभूत विद्यालयलाई साराथी टुगेदर फर नेपाल जर्मनीद्वारा शैक्षिक सामाग्री तथा डिजिटल स्मार्ट बोर्ड सहयोग गरेको हो।

कार्यक्रममा प्रमुख अतिथि देवघाट गाउँपालिका उपाध्यक्ष भुवनसिं गुरुङले डिजिटल स्मार्ट बोर्डबाट लेखेका विषयवस्तु सेभ गर्न मिल्ने, भिडियो पनि देखाउन मिल्ने भएकाले निकै प्रभावकारी र उपयोगी साबित हुने बताउदै साराथी टुगेदर फर नेपाल जर्मनी संस्थालाई धन्यवाद दिनुभयो।साथै उहाँले गाउँपालिकाको अन्य विद्यालयहरुमा पनि क्रमैसँग डिजिटल स्मार्ट बोर्ड जडान गरेर पठपाठन गराउने उद्देश्य रहेको बताउनुभयो।

साराथी टुगेदर फर नेपाल जर्मनीले बराह आधारभूत विद्यालयमा अध्ययनरत ८५ जना विद्यार्थीहरुला शैक्षिक सामग्री तथा विद्यालयको लागी १ थान डिजिटल स्मार्ट बोर्ड सहयोग विद्यालयका प्रधानाध्यापक सोमबहादुर थापाले बताउनुभयो।

सो कार्यक्रममा विशिष्ट अतिथि देवघाट गाउँपालिका प्रवक्ता एवं ५ वडा अध्यक्ष पुर्णबहादुर कुँवर,गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख होमनाथ लामिछाने,साराथी टुगेदर फर नेपालका प्रतिनिधि नारायण पुरी लगायतले मन्तव्य राख्नुभएको थियो।

कार्यक्रममा चक्रवर्ती सामुदायिक वनका अध्यक्ष दिलबहादुर गुरुङ,व्यवस्थापन समिति सदस्य ॠषिराम सुवेदी लगायतको सहभागिता रहेको थियो,भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकराज सापकोटाको अध्यक्षता कार्यक्रम सम्पन्न भएको थियो।



