भारत र पाकिस्तानमा रहेका नेपालीलाई आपतकालीन सहयोग चाहिएमा दूतावासमा सम्पर्क गर्न सकिने

images
  • 128
    SHARES
  • बैशाख २७, २०८२ शनिबार
    भारत र पाकिस्तानमा रहेका नेपालीलाई आपतकालीन सहयोग चाहिएमा दूतावासमा सम्पर्क गर्न सकिने
    images

    काठमाडौ २७ बैशाख ।

    भारत र पाकिस्तानबीच तनाव बढ्दै जाँदा सरकारले दुवै देशमा रहेका नेपालीलाई सचेत र सुरक्षित रहन भन्दै आपतकालीन सहयोग चाहिएमा दूतावासमा सम्पर्क गर्न आग्रह गरेको छ ।

    नयाँ दिल्लीमा रहेको नेपाली दूतावासले सूचना निकालेर भारतमा रहेका नेपालीलाई सङ्कटकालीन अवस्थामा सुरक्षित र आपतकालीन सेवा प्राप्त हुन सक्ने नजिकको ठाउँको पहिचान गर्न पनि अनुरोध गरेको छ ।

     

    सङ्कटकालीन अवस्थामा सुरक्षित र आपतकालीन सेवा प्राप्त हुन सक्ने नजिकको ठाउँको पहिचान गर्न तथा भारत सरकारको आधिकारिक निकायबाट जारी भएका सुरक्षा सम्वन्धी निर्देशनहरूको पालना गर्न दूतावासले अनुरोध गरेको हो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend