नेपाल–भारत सीमामा परिचयपत्र अनिवार्य, सुरक्षा कडा

images
  • 136
    SHARES
  • बैशाख २७, २०८२ शनिबार
    नेपाल–भारत सीमामा परिचयपत्र अनिवार्य, सुरक्षा कडा
    images

    काठमाण्डौ –

    भारत र पाकिस्तानबीच तनाव बढ्दै जाँदा सरकारले भारतीय सीमा नाकामा सुरक्षा व्यवस्था कडा बनाएको छ ।

    भारततर्फका अन्तर्राष्ट्रिय सीमा नाकामा निगरानी बढाउन गृह मन्त्रालयले निर्देशन दिएसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरीले सीमा नाकामा सुरक्षा गस्ती र जाँच बढाएका हुन् । नेपाल–भारत ओहोरदोहोर गर्नेहरुको परिचयपत्र हेर्ने र अभिलेख राख्ने गरिएको छ ।

    यसैबीच हिजो भारतीय राजदूत नवीन श्रीवास्तवले सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडाइ गरिएकाे बताउनु भएकाे छ ।

    काठमाण्डौकाे लैनचौरमा रहेको दूतावासमा मुलधारका आमसञ्चार माध्यमका सम्पादकहरुसँगको भेटघाट तथा छलफलका क्रममा उहाँले भारतका संवेदनशील क्षेत्रमा केही विमानस्थल र सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडाइ गरेको, छिमेकी देश नेपालतर्फको आपूर्ति व्यवस्थामा कुनै पनि किसिमको समस्या नआउने गरी आवश्यक काम भइरहेको उल्लेख गर्नुभएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend