बाघले कानून पढेको हुँदैन : प्रधानमन्त्री ओली

images
  • 179
    SHARES
  • बैशाख २७, २०८२ शनिबार
    बाघले कानून पढेको हुँदैन : प्रधानमन्त्री ओली
    images

    काठमाडौं ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले बाघको संख्या बढाउन नहुने बताउनुभएको छ ।

    शनिबार काठमाडौंमा दोस्रो राष्ट्रिय वन संवद्र्धन गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा अहिले बाघको संख्या पर्याप्त रहेको र अब बढाउन नहुने भन्दा आफूलाई बुझ्दै नबुझी गाली गरेको भन्दै अब पनि बाघको संख्या बढाए उसलाई जमिन नपुग्ने उल्लेख गर्नुभयो । उहाँले बाघ तस्बिरमा देख्दा धेरै राम्रो भएपनि उसलाई जीवनयापन गर्नका लागि आफ्नो क्षेत्र चाहिने उल्लेख गर्नुभयो ।

     

    प्रधानमन्त्री ओलीले तस्बिरमा बाघ हेरेर कुरा नगर्न पनि आग्रह गर्नुभयो । उहाँले बाघ क्षेत्रपति जात भएकाले बाघले आफ्नो सीमाना लगाउने र सीमाना नपुगे बाघहरुबीच लडाईं हुने बताउनुभयो । उहाँले बाघलाई खाना नपुगेपछि खानाको खोजिमा बाहिर निस्किने र त्यो बेलामा मान्छे खानु हुँदैन भनेर ज्ञान बोकेर नहिँड्ने कटाक्ष गर्नुभयो । उहाँले बाघले कानूनको किताव पढेको नहुने भन्दै बाघलाई मान्छे मार्नु हुँदैन, २० वर्ष जन्मकैद परिन्छ भन्ने ज्ञान नहुने बताउनुभयो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend