टी–२० महिला विश्वकप:नेपालले बहराइनलाई ९ विकेटले हरायो

images
  • 302
    SHARES
  • बैशाख २७, २०८२ शनिबार
    टी–२० महिला विश्वकप:नेपालले बहराइनलाई ९ विकेटले हरायो
    images

    काठमाण्डौ –

    आईसीसी महिला टी–२० विश्वकप सन् २०२६ को एशिया छनोटमा नेपालले आज भएको खेलमा बहराइनलाई ९ विकेटले हराएको छ ।

    आज भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको बहराइनले नेपाललाई जीतका लागि ४२ रनको लक्ष्य दिएको थियो । जवाफमा नेपालले ४ ओभर २ बलमा एक विकेट गुमाएर भेट्टायो ।

    आजको खेलमा नेपालकी कविता कुँवरले ११ बलमा सर्वाधिक १८ रन बनाइन् । उनी रन आउट हुन पुगिन् । सम्झना खड्काले १० बलमा अविजित १३ रन र इन्दु बर्माले ५ बलमा ७ रन बनाइन् । बहराइनले निर्धारित ५ ओभरमा एक विकेट गुमाएर ४१ रन बनाएको थियो ।

    खेल ढिलो शुरू भएका कारण ५ ओभरमा झारिएको थियो । यसअघि हिजोको खेलमा मैदान ओसिलो भएका कारण खेल हुन नसकेपछि नेपाल र हङकङले एक/एक अङ्क बाँडेका थिए ।

    नेपालको दुई खेलमा तीन अङ्क भएको छ । एशिया छनोटमा नेपालसँगै आयोजक थाइल्याण्ड, भुटान, कुवेत, कतार, मलेसिया, हङकङ, बहराइन र यूएईको सहभागिता रहेको छ ।

    नेपाल रहेको समूह ‘सी’मा  बहराइन र हङकङ छन् । नेपालले अब मङ्गलवार फेरि हङकङसँग र बुधवार बहराइनसँग खेल्ने तालिका छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend