सरकार डरले रुझेको बिरालो भएको छ : अध्यक्ष प्रचण्ड

images
  • 318
    SHARES
  • बैशाख २७, २०८२ शनिबार
    सरकार डरले रुझेको बिरालो भएको छ : अध्यक्ष प्रचण्ड
    images

    विराटनगर ।

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काङ्ग्रेस र एमालेको वैशाखी टेकेर सरकारमा नजाने बताएका छन् । पाँचथरको फिदिममा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादी सरकार ढाल्ने खेलमा समेत नलाग्ने बताए । उनले भने हामी बुर्जुवाहरूको वैशाखी टेकेर सरकारमा जाँदैनौ ।

    हामी आफ्नै बल बुतामा उत्पीडितहरूको साथ लिएर ६४ मा जस्तै सरकारको नेतृत्व लिन्छौ । उनले सरकारबाट माओवादी हटेपछि जनताले माओवादीलाई साथ दिएको दाबी गरे । उनले माओवादीको लहर आएको स्ववियू निर्वाचनबाटै देखिएको र ८४ सम्म पुग्दा माओवादी पहिलो पाटी हुने दाबी गरे । उनले वर्तमान सरकार बिचौलियाहरुले बनाई दिएको आरोप लगाए ।अध्यक्ष प्रचण्डले भने यो सरकार ढल्यो भने आफ्नै कु कर्मका कारण ढल्छ अरू कसैले ढाल्न पर्दैन ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend