अमेरिकाको मध्यस्थतामा भारत र पाकिस्तान युद्धविराम गर्न तयार : ट्रम्प

images
  • 42
    SHARES
  • बैशाख २७, २०८२ शनिबार
    अमेरिकाको मध्यस्थतामा भारत र पाकिस्तान युद्धविराम गर्न तयार : ट्रम्प
    images

    काठमाडौं : 

    संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा भएको लामो वार्तापछि भारत र पाकिस्तान युद्धविराम गर्न सहमत भएका छन्।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै यसबारे जानकारी दिएका हुन्।  

    भारत र पाकिस्तानबीचको सीमामा निरन्तर ड्रोन आक्रमण, गोलाबारी र तनावपूर्ण अवस्था सिर्जना भएको बेला यो कदम चालिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। जसले क्षेत्रीय र विश्वव्यापी स्तरमा चिन्ता बढाएको थियो।  

    अमेरिकी पक्षले यसलाई दुई देशको सामान्य ज्ञान र महान् बुद्धिमत्ताको परिणामको रूपमा वर्णन गरेको छ। अमेरिकाले युद्धविराम गर्ने निर्णयको लागि दुवै देशलाई बधाई दिएको छ।   अब सीमामा शान्ति पुनर्स्थापित हुने र दुई देशबीचको तनाव कम गर्न थप सकारात्मक कदम चालिने अपेक्षा गरिएको छ। 

    –एजेन्सीबाट   

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend