भारत र पाकिस्तानले एक अर्काका सैन्य संरचनामा आक्रमण गर्न थालेपछि द्वन्द्व चर्किने त्रास

images
  • 150
    SHARES
  • बैशाख २७, २०८२ शनिबार
    भारत र पाकिस्तानले एक अर्काका सैन्य संरचनामा आक्रमण गर्न थालेपछि द्वन्द्व चर्किने त्रास
    images

    २७ बैशाख ।

    र पाकिस्तान एक अर्काका सैन्य संरचनामा आक्रमण गर्न थालेका छन् । योसँगै दुई देशबीचको तनाव लामो द्वन्द्वमा जानसक्ने त्रास पैदा भएको छ । बुधबार राति भारतले पाकिस्तानी भूमीका हवाई आक्रमण गरेपछि तनावपूर्ण बनेको परिस्थिति आजसम्म आइपुग्दा लामो द्वन्द्वमा जानसक्ने अवस्था देखिएको हो ।

    भारतले अप्रिल २२ मा जम्मू–कश्मिरको पहलगाममा २६ जनाको ज्यान जानेगरी भएको घटनाको जिम्मा लिने ‘द रेजिस्टेन्ट फ्रन्ट’ ९टिआरएफ० लगायत अन्य ‘आतङ्कवादी समूह’हरुको अड्डामा आक्रमण गरेको बताएको थियो । तर पाकिस्तानले आफ्नो देशमा प्रवेश गरेको भन्दै जवाफी आक्रमण शुरु गर्‍यो।

     

    हिजोदेखि भने एक अर्काको सैन्य संरचनामै आक्रमण शुरु भएको छ । भारतले दुई रातमा झन्डै चार सयवटा पाकिस्तानी ड्रोन निष्क्रिय पारेको दाबी गरेको छ । पाकिस्तानले भारतको अदामपुरमा रहेको हवाई प्रतिरक्षा प्रणालीलाई नष्ट बनाएको दाबी गरेको छ । दुई देशले सैन्य संरचनामा आक्रमण गरेपछि शक्ति राष्ट्रसहित विश्व समुदायलाई चिन्तित बनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend