नवलपरासीमा मोटरसाइकल दुर्घटना हुँदा दाजुभाइको ज्यान गयो

images
  • 196
    SHARES
  • बैशाख २८, २०८२ आइतबार
    नवलपरासीमा मोटरसाइकल दुर्घटना हुँदा दाजुभाइको ज्यान गयो
    images

    नवलपरासी 

    नवलपरासी बर्दघाट–सुस्ता पूर्वकाे कावासोती नगरपालिका—१ लोकाहा जङ्गलमा भएको मोटरसाइकल दुर्घटनामा दाजुभाइको ज्यान गएको छ ।

    भित्रि सडकखण्डको जङ्गल क्षेत्रमा लु १३ प ७०२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा रहेका कावासोती नगरपालिका—११ शान्तिटोलका २४ वर्षीय ईश्वर दर्लामी र २१ वर्षीय सागर दर्लामीको ज्यान गएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार हिजो भएको दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेका थिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend