सुनको मूल्य तोलामा १ लाख ९० हजार ५०० रुपैयाँ कायम

images
  • 65
    SHARES
  • बैशाख २८, २०८२ आइतबार
    सुनको मूल्य तोलामा १ लाख ९० हजार ५०० रुपैयाँ कायम
    images

    काठमाडौँ 

    नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा १ लाख ९० हजार ५०० रुपैयाँ कायम भएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा छापावाल सुनको मूल्य ३०० रुपैयाँ घटेको हो ।शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९० हजार ८०० रुपैयाँ कायम भएको थियो । 

    यस्तै चाँदीको मूल्य भने बढेको छ । शुक्रबार तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर १ हजार ९७० रुपैयाँ कायम भएको हो । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend