भारत–पाकिस्तानबीच आज वार्ता हुँदै

images
  • 120
    SHARES
  • बैशाख २९, २०८२ सोमबार
    भारत–पाकिस्तानबीच आज वार्ता हुँदै
    images

    युद्ध तनाव व्यवस्थापनका लागि भारत र पाकिस्तानबीच आज वार्ता हुँदै छ । दुई हप्ताअघि जम्मू–कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि भारत र पाकिस्तानबीच युद्ध शुरू भएको थियो ।

    अस्ति शनिवार मात्रै पूर्णतहको युद्धविराम घोषणा भएको थियो । आपसी वार्ताबाट विवाद समाधान गर्ने उद्देश्यसहित युद्धविराम गरेका दुई देशबीच पूर्व निर्धारित तालिका अनुसार आज वार्ता हुन लागेको हो ।

    आज दिउँसो दुई देशका सैन्य उच्चधिकारीसहितको वार्ता तय भएको भारतीय विदेश मन्त्रालयले जानकारी दिएको छ ।

    वार्ताको नेतृत्व भारतका सैन्य अपरेशन महानिर्देशक र पाकिस्तानका सैन्य अपरेशन महानिर्देशकले गर्ने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

    भारत–पाकिस्तानबीच लामो समयदेखि जम्मू–कश्मीर क्षेत्रको स्वामित्वलाई लिएर विवाद हुँदै आएको छ । वार्तामार्फत विवाद समाधान हुने विश्वास लिइएको छ ।

    पछिल्लो पटक दुईदेशबीच सैन्य कारबाही हुन थालेपछि छिमेकी राष्ट्र नेपाल र चीनसहित अमेरिका लगायत युरोपियन देशहरुले विवादका विषयमा वार्ता गरेर अघि बढ्न दुवै देशलाई अपिल गरेका थिए ।

     

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend