नदीमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु

images
  • 55
    SHARES
  • बैशाख २९, २०८२ सोमबार
    नदीमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
    images

    वैशाख २९-

    चितवनको भरतपुर महानगरपालिका–१७ स्थित नारायणी नदीमा पौडी खेल्ने क्रममा एक युवकको डुबेर मृत्यु भएको छ ।
    मृतक भरतपुर–१७ मझुवाका १८ वर्षीय कुमार नेपाली हुन्।

    उनी आफ्ना आमा–बुबासहित नारायणी नदीमा पौडी खेल्न गएका बेला डुबेका थिए । चितवन प्रहरीका अनुसार आज (सोमबार) दिउँसो करिब १ः३० बजे उनलाई बेहोस अवस्थामा पानीबाट निकालिएको थियो । उनका बुबाले तत्काल उद्धार गरी भरतपुरस्थित नयाँ मेडिकल कलेजमा पु¥याएका थिए । तर उपचारको क्रममा दिउँसो २ः२९ बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend