म्याग्दीमा मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु

images
  • 84
    SHARES
  • बैशाख २९, २०८२ सोमबार
    म्याग्दीमा मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु
    images

     

     

    •  

    म्याग्दी ।

    म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–३ दानामा सोमबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

    बेनी–जोमसोम–कोरला सडकअन्तर्गत दानादेखि बेनीतर्फ आउँदै गरेको ग. १६प ६१६४ नम्बरको मोटरसाइकल बेनीदेखि जोमसोमतर्फ जाँदै गरेको ग. २ख २१३९ नम्बरको बसमा ठोक्किँदा दुर्घटना भएको हो ।

    मोटरसाइकल चालक वीरगञ्जका अन्दाजी २० वर्षीय अफताप सलमानको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय दानाका प्रमुख श्यामबहादुर रानाले बताए । अफताप दानामा मोटरसाइकल मर्मत केन्द्र सञ्चालन गर्दै आएका थिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend