राष्ट्रपति पौडेलद्वारा ज्येष्ठ नागरिकलाई सम्मान

images
  • 133
    SHARES
  • बैशाख २९, २०८२ सोमबार
    राष्ट्रपति पौडेलद्वारा ज्येष्ठ नागरिकलाई सम्मान
    images

    वैशाख २९ गते । 

    राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका–८ रिस्तीमा आज ज्येष्ठ नागरिकलाई सम्मान गर्नुभएको छ । 

    ढाडे कुलपूजा व्यवस्थापन समितिको आयोजनामा यहाँ भएको पूजाका अवसरमा राष्ट्रपति पौडेलले ज्येष्ठ नागरिकलाई सम्मान गर्नुभएको हो । 

    त्यस क्रममा राष्ट्रपति पौडेलले नौ जनालाई सम्मान गर्नुभएको स्थानीय श्रीहरि पौडेलले जानकारी दिनुभयो । राष्ट्रपति पौडेलले स्थानीयवासीसँग यहाँको विकास निर्माणका विषयमा समेत चासो व्यक्त गर्नुभएको थियो । 

    राष्ट्रपति पौडेलको पुख्र्यौली थलो रिस्ती हो । राष्ट्रपति पौडेलले आजै काठमाडौँ फर्किने कार्यक्रम रहेको छ । रासस

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend