राष्ट्रको वृहत्तर हित सांस्कृतिक विविधताको सम्मान र संरक्षणबाट सम्भवः दाहाल

images
  • 201
    SHARES
  • बैशाख २९, २०८२ सोमबार
    राष्ट्रको वृहत्तर हित सांस्कृतिक विविधताको सम्मान र संरक्षणबाट सम्भवः दाहाल
    images

    वैशाख २९-

    नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष तथा पूर्वप्रधनमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विविधतायुक्त हाम्रो समाजमा राष्ट्रको वृहत्तर हित सांस्कृतिक विविधताको सम्मान र संरक्षणबाट मात्रै सम्भव हुने उल्लेख गर्नुभएको छ ।

     

    उभौली पर्वको अवसरमा उहाँले आज शुभकामना व्यक्त गर्दै लामो सङ्घर्ष र बलिदानको प्रतिफलस्वरूप नेपालको संविधानले सुनिश्चित गरेका मौलिक हक, धार्मिक स्वतन्त्रता, पहिचान, भाषा र संस्कृतिको अधिकारलाई यस्ता चाडपर्वले थप जीवन्त बनाएको उल्लेख गर्नुभएको छ ।

    उहाँले भन्नुभएको छ, “किरात समुदायको मौलिक संस्कृति, कृषि चक्र र प्रकृतिपूजासँग जोडिएको पर्व उभौलीको अवसरमा किरात समुदायलगायत र समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।”

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend