खड्पुमा घरभित्रै छिर्‍यो टिपर

images
  • 127
    SHARES
  • बैशाख ३०, २०८२ मंगलबार
    खड्पुमा घरभित्रै छिर्‍यो टिपर
    images

    काभ्रे।

    धुलिखेल नगरपालिकामा पर्ने बनेपा पनौती सडकखण्डको खड्पुमा एक घरभित्रै टिपर छिरेको छ । धुलिखेल नगरपालिका -५ खड्पुचोकस्थित बनेपा पनौती सडकखण्डमा रहेको प्रदिप श्रेष्ठको घरको सटरमा टिपर छिरेको हो।

    मंगलबार बिहान ६ बजे बनेपाबाट पनौतीतर्फ जाँदै गरेको बा ५ ख २४१७ नम्बरको टिपर घरभित्र छिरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी मिनबहादुर घलेले जानकारी दिए।

     

    डिएसपी घलेका अनुसार टिपर चालक  २४ वर्षीय अविषेक तामाङलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend