गलत विचारका आधारमा वाम एकता हुन सक्दैन : प्रधानमन्त्री ओली

images
  • 210
    SHARES
  • जेठ ४, २०८२ शनिबार
    गलत विचारका आधारमा वाम एकता हुन सक्दैन : प्रधानमन्त्री ओली
    images

    काठमाण्डौ –

    प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गलत विचारका आधारमा वाम एकता हुन नसक्ने बताउनुभएको छ ।

    पार्टीका तत्कालीन महासचिव मदन भडारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको ३२औं स्मृति दिवसको अवसरमा आज मदननगर बल्खुमा भएको कार्यक्रममा उहाँले सही विचारबिना धेरैतिर फर्किएकाहरूलाई वामपन्थी एकतामा ल्याउन नसकिने बताउनुभएको हो ।

    एमाले अध्यक्ष ओलीले एकताका लागि एकता नभई सही विचारमा अरूलाई सहमत गराएर पार्टीमा ल्याउने नीति लिनुपर्नेमा जोड दिनुभयो ।

    आफूहरूको नेतृत्वमा सरकार रहेकाले राजतन्त्र फर्काउने प्रतिगमनको प्रयास असम्भव र अस्वीकार्य भएको पनि उहाँको भनाइ थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend