हाम्रो पार्टी सबैभन्दा ठुलो छ तर बहुमत छैनः सभापति देउवा

images
  • 351
    SHARES
  • जेठ ४, २०८२ शनिबार
    हाम्रो पार्टी सबैभन्दा ठुलो छ तर बहुमत छैनः सभापति देउवा
    images

     जेठ ३-

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘गठबन्धन सरकार’ बाध्यता भएको बताएका छन्। प्रजातान्त्रिक विचार समाजले शनिवार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै संविधानले अङ्गीकार गरेको व्यवस्थाले बहुमत आउन नसकेकाले गठबन्धन बाध्यता रहेको बताएका हुन्।

    ‘हाम्रो देशको जो संविधान छ, यो समानुपातिक आधारमा समावेशी छ। सबै आदिवासी, जनजाति, दलित, मधेसी, मुस्लिमको प्रतिनिधित्व संसदमा भएको छ,’ सभापति देउवाले भने, ‘तर कसैको पनि बहुमत पुग्न गाह्रो हुन्छ हेर्नुस्। हाम्रो पार्टी सबैभन्दा ठुलो छ तर बहुमत छैन।’

    गठबन्धन बाध्यता रहेको उनले बताए। उनले भने, ‘त्यस कारण बहुमत नपुग्दा कसै न कसैसँग गठबन्धन सरकार बनाउनुपर्ने बाध्यता र आवश्यकता छ।’

     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend