रसुवामा ७ किलोभन्दा धेरै सुन बरामद

images
  • 387
    SHARES
  • जेठ ५, २०८२ आइतबार
    रसुवामा ७ किलोभन्दा धेरै सुन बरामद
    images

    काठमाण्डाै – 

    रसुवामा साढे सात किलोभन्दा धेरै सुन बरामद भएको छ । चीनबाट ल्याउँदै गर्दा भन्सार नाकाबाट प्रहरीले सुन बरामद गरेको हो ।

    सात वटा बिस्कुट र केही साना टुक्रामा रहेको सुन साढे सात किलोभन्दा केही बढीजस्तो रहेको र बरामद भएकाे सुनकाे परीक्षणको काम भइरहेको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिनुभयो ।

    स्याउ लिएर आएको कन्टेनरमा चालकको सिट नजिकै फल्स बटन बनाएर सुन राखेको पाइएको पौडेलले बताउनुभयो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend