हिउँ चितुवाको छालासहित तीन जनालाई प्रहरीले पक्राउ

images
  • 67
    SHARES
  • आषाढ ३, २०७९ शुक्रबार
    हिउँ चितुवाको छालासहित तीन जनालाई प्रहरीले पक्राउ
    images

    काठमाण्डाै 

    काठमाण्डाैकाे टोखा नगरपालिका १० गोङ्गबुबाट संरक्षित वन्यजन्तु हिउँ चितुवाको छालासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 

    arrested__6s5kl1zvrd_2g7R3wtpMo.jpg

    पक्राउ पर्नेमा धादिङ खानियाबास गाउँपालिका २ झार्लुङका ४८ वर्षीय खार्पा तामाङ, धादिङकै गङ्गाजमुना गाउँपालिका ६ आरुबोटेका ३९ वर्षीय सुकबहादुर घले र ४१ वर्षीय सूर्यबहादुर घले रहेका छन् ।

    गोङ्गबु क्षेत्रमा संरक्षित वन्यजन्तुको आखेटोपहार ओसारपसार गरी खरिद बिक्री गर्न लागिएकोे सूचनाको आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । 

    खार्पाले बोकेको झोलाभित्र लुकाएर राखेको अवस्थामा वन्यजन्तुको छाला फेला पारिएको र अनुसन्धानका क्रममा तीनै जना संलग्न रहेको पाइएको छ । उनीहरूलाई आवश्यक करबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाण्डाै पठाइएकाे ब्युराेले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend