रवि लामिछाने र छविलाल जाेशीद्वारा पेशीकाे पत्र बुझ्न अस्वीकार

images
  • 308
    SHARES
  • जेठ ५, २०८२ आइतबार
    रवि लामिछाने र छविलाल जाेशीद्वारा पेशीकाे पत्र बुझ्न अस्वीकार
    images

    काठमाण्डाै –

    रुपन्देही कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीले उच्च अदालत पोखराले पेशीको जानकारी गराएको पत्र बुझ्न अस्वीकार गरेका छन् ।

    अदालतले शुक्रवारको आदेश कार्यान्वयनका क्रममा रुपन्देही कारागारमा रहेका लामिछाने र जोशीलाई पेशीको जानकारी गराइएको पत्र पठाएको थियो । रुपन्देही कारागारले आज उनीहरूले पत्रमा हस्ताक्षर नगरेको जानकारी उच्च अदालत पोखरालाई पठाएको छ ।

    लामिछानेसमेत संलग्न रहेको सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा कास्की अदालतको आदेश बदरको माग गर्दै परेको निवेदनमा बिहीवारदेखि पोखरामा सुनुवाइ भइरहेको छ । अदालतले कास्की जिल्ला अदालतमा दायर भएका दुई मुद्दाका सक्कल मिसिलहरू झिकाउनसमेत आदेश दिएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend