यस्तो छ आजको मौसम पूर्वानुमान

images
  • 217
    SHARES
  • जेठ ६, २०८२ सोमबार
    यस्तो छ आजको मौसम पूर्वानुमान
    images

    काठमाण्डौ –

    पश्चिमी वायु र स्थानीय वायुको प्रभाव तथा बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभावले आज पनि विभिन्न ठाउँमा पानी पर्ने मौसमविदले बताएका छन् ।

    अहिले पनि सबै प्रदेशका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । सबैभन्दा धेरै पानी सिराहामा परेको छ ।

    पहाडी भू–भागको थोरै ठाउँहरूमा र बाँकी भू–भागका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको Mausam_vAQhqg7Foy.png महाशाखाले जनाएको छ ।

    देशका उच्च–पहाडी तथा हिमाली भू–भागका एक दुई ठाउँमा हिमपातको पनि सम्भावना छ ।

    मधेश, कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही ठाउँमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend