शेयर बजार उच्च अङ्कले बढेर २ हजार ६ सय ७७ विन्दुमा

images
  • 102
    SHARES
  • जेठ ७, २०८२ मंगलबार
    शेयर बजार उच्च अङ्कले बढेर २ हजार ६ सय ७७ विन्दुमा
    images

    काठमाण्डाै –

    शेयर बजार आज उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४९ दशमलव ०९ अङ्कले बढेर २ हजार ६ सय ७७ दशमलव ४५ विन्दुमा पुगेको छ ।

    आज सबै समूहको शेयर बढेकोमा होटल समूहको शेयर झन्डै साढे ३ प्रतिशतले उकालो लागेको छ । यस्तै विकास बैंक समूहको शेयर झन्डै ३ प्रतिशत तथा फाइनान्स, जलविद्युत्, लगानी समूहको शेयर २ प्रतिशतभन्दा धेरैले बढेको छ ।

    आज सिन्धु विकास बैंक, सप्तकोशी विकास बैंक, ओम मेगाश्री फर्मास्युटिकल्स कम्पनीको शेयर १० प्रतिशतले उकालो लागेको छ । बजार उच्च अङ्कले बढेको दिन विन नेपाल लघुवित्त कम्पनीको शेयर भने सबैभन्दा धेरै ३ प्रतिशतले घटेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend