कपिलवस्तुको शुद्धोदन गाउँपालिकाका अध्यक्ष चौधरी पक्राउ

images
  • 265
    SHARES
  • जेठ ७, २०८२ मंगलबार
    कपिलवस्तुको शुद्धोदन गाउँपालिकाका अध्यक्ष चौधरी पक्राउ
    images

    रुपन्देही ।

    कपिलवस्तुको शुद्धोदन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ परेका छन् । उनी विद्युतीय अपराध सम्बन्धी कसुरमा पक्राउ परेका हुन् ।

    उनीविरुद्ध रुपन्देही जिल्ला अदालतले जेठ १ गते उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पूर्जी जारी भएपछि उनी केही दिन फरार भएका थिए ।

    आज भने उनी आफैं हाजिर भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवम् डीएसपी सुरज कार्कीले बताए । उनलाई इलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा राखिएको छ ।यौन शोषणमा परेकी एक युवती तथा उनको परिवारको गोपनीयता भङ्ग गरेको आरोप उनीमाथि लागेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend