राष्ट्रिय सभाको भोलिको बैठकका चार कार्यसूची तय

images
  • 221
    SHARES
  • जेठ ७, २०८२ मंगलबार
    राष्ट्रिय सभाको भोलिको बैठकका चार कार्यसूची तय
    images

    काठमाडौँ ।

    संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक भोलि बुधबार अपराह्न १:१५ बजे बस्ने भएको छ। संघीय संसद सचिवालयले मंगलबार बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।  जसअनुसार चारवटा मुख्य एजेन्डामा छलफल तथा प्रस्तुति हुने कार्यक्रम तय भएको छ।

    बैठकको प्रारम्भमा सभाध्यक्षले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा सभा समक्ष जानकारी गराउनेछन्।

    त्यसपछि विधायन व्यवस्थापन समितिका सभापति तुलसा कुमारी दाहालले “पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१” सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

    तेस्रो एजेन्डाका रूपमा राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले “शहिद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालय विधेयक, २०८०” का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्ष टेबुल गर्नेछन्।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend